झापा, पुष २४ । झापाको बिर्तामोडमा नवजात शिशु मृत फेला परेको छ ।

बिर्तामोड ५ को जात्रुवारीमा गर्भमा अन्दाजी ३÷४ महिनाको जस्तो देखिने नवजात शिशु बेवारिसे अबस्था घोप्टो परी मृत फेला परेको हो । आज दिउँसो अन्दाजी २.३० बजे जात्रुबारीको नमुना टोलस्थित सडकको छेउमा नवजात शिशु फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।त्यसबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

करिव एक महिनाअघि पनि त्यस ठाउँमा त्यस्तै नवजात शिशुको शव फेला परेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्