झापा,पुष २६ । झापा दमकको लक्ष्मी विकास बैंकमा चोरी भएको गलत कुप्रचार अझै रोकिएको छैन ।

दमकमा रहेको लक्ष्मी विकास बैकबाट ४५ लाख रकम चोरी गरेर भाग्दै गर्दा एक एमाले नेतालाई सशस्त्र प्रहरीले रकमसहित पक्राउ गरेको खबर गलत भएको जान्दाजान्दै धेरैले सामाजिक संजालमार्फत अझै कुप्रचार गरिरहेका छन् । सुझबुझ भएका राजनीतिक पार्टीका कार्यकर्ताहरुले समेत त्यसलाई सामाजिक संजालमा सेयर गरिरहेको पाइएको छ । एक साताअघि बालेन समर्थक भनाउँदा रामविलास साहले तस्वीरसहित सो गलत समाचार पोस्ट गरेका थिए ।

त्यस किसिमको घटना नभएको जानकारी गराउँदासमेत मानिसहरुले अपवाह फैलाउन नछाडेको इलाका प्रहरी कार्यालय दमकका डीएसपी निशान थापाले बताए । उनले त्यस किसिमको अपवाह नफैलाउन र भ्रमको पछि नलाग्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्