झापा, पुष २६ । लागूऔषध ब्राउनसुगरसहित शिवसताक्षीमा एक दम्पती पक्राउ परेका छन् ।

हिजो दिउँसो १२ः४० बजे शिवसताक्षी नगरपालिका वडा नं.११ मिलनकुमार राईको घरमा दमक नगरपालिका वडा नं.४ फुलबारी टोल बस्ने २६ वर्षीय सरुप राई र उनकी श्रीमती ३२ वर्षीया आरती मगर ब्राउनसुगरसहित पक्राउ परेका हुन् । घर खानतलासी लिँदा घरभित्र रहेको टेबलमाथि प्लाष्टिकले पोका पारी राखेको अवस्थामा प्लाष्टिकबाहेक २ ग्राम ५० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

दुवैलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्