झापा, पुष २६। धनकुटा र सुनसरीमा रुखबाट लडेर र खाल्डोमा डुबेर दुईजनाको मृत्यु भएको छ ।

धनकुटाको चौबिसे गाउँपालिका–७ किरात चोकमा रुखबाट लडेर एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ६५ वर्षीय मुसलमान तामाङ रहेका छन् । चौबिसे गाउँपालिकास्थित अठारसयका मृतक तामाङ २० वर्षदेखि चौबिसे–७ का ताजेलोङ चेम्जोङको घरमा बस्दै आएका थिए ।

शुक्रबार अपराह्न गोगने प्रजातिको रुखमा घाँस झार्ने क्रममा लडेर गम्भीर घाइते भएको तामाङको उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याएलगत्तै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनले घटनाबारे थप अनुसन्धान जारी रहेको बताए ।

त्यस्तै सुनसरीमा खाल्डोको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । शुक्रवार दिउँसो ३.२० बजे सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नं ४ बस्ने सिरिज उराउकी छोरी ६ वर्षीया मनिषा उराउको घर नजिकको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्