झापा, पुष २७ । बिर्तामोड– ३ बिर्ताबजारस्थित महेन्द्र रत्न माध्यमिक विद्यालयले ६७ औं वार्षिकोत्सव भव्य रुपमा मनाउने भएको छ ।

सप्ताहव्यापी खेलकुद प्रतियोगिता संचालन गरेको विद्यालयले पुष २९ गते वार्षिकोत्सव मनाउने भएको हो । त्यस दिन ६५० जना विद्यार्थीहरुलाई पुरस्कृत गरिने प्रधानाध्यापक खड्गप्रसाद खरेलले बताए । सम्मान कार्यक्रमअन्तर्गत दीर्घसेवी शिक्षक सम्मान २ जनालाई , उत्कृष्ट शिक्षक सम्मान ५ जनालाई , समाजसेवी शिक्षासेवी सम्मान २ जनालाई , अक्षयकोष दाता र पूर्व विद्यार्थी १–१ जनालाई सम्मान गरिने भएको छ ।त्यस्तै सुरेश पाठक स्मृति अक्षयकोषबाट छात्रवृत्ति बितरण गरिनुका साथै एकजना अवकाशप्राप्त शिक्षकलाई विदाई गरिने प्रधानाध्यापक खरेलले जानकारी दिए । सांस्कृतिक कार्यक्रमअन्तर्गत करिव ५ सय विद्यार्थीहरुले विभिन्न जातजातिका झाँकीसहित नृत्य प्रस्तुत गर्ने उनले जानकारी दिए ।

महेन्द्र रत्न माविले महेन्द्र रत्न तारालाई यस वर्ष पनि निरन्तरता दिने भएको छ । पुष २८ गते महेन्द्र रत्न ताराको सिजन थ्री संचालन गरिने भएको छ । सो नगरस्तरीय गायन प्रतियोगितामा बिर्तामोडभरिका सामुदायिक विद्यालयका विद्यार्थीहरुले भाग लिने भएका छन् । प्रतियोगितामा प्रथम हुनेलाई पाँच हजार , दोस्रो हुनेलाई चार हजार र तेस्रो हुनेलाई तीन हजार नगद पुरस्कार र मेडलको व्यवस्था गरिएको विद्यालयले जनाएको छ । कोशी प्रदेश सरकारका खानेपानी , सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्कीले वार्षिकोत्सव उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्