बिर्तामोड, पुष २९ । झापा गोल्डकपको अध्यक्षमा दुई जनाको उम्मेद्वारी परेको छ ।

अध्यक्ष पदका लागि केदार गिरी र बलराम कार्कीको उम्मेद्वारी परेको हो । गिरी झापा गोल्डकपका कोषाध्यक्ष र कार्की बरिष्ठ उपाध्यक्ष हुन् ।
वरिष्ठ उपाध्यक्षमा गजेन्द्रबहादुर पौडेलको उम्मेद्वारी परेको छ भने उपाध्यक्षमा युवराज कार्की (पर्वत) ले उम्मेद्वारी दिएका छन् । पौडेल स्थापनाकालदेखि सचिव र कार्की संस्थापक सदस्य थिए ।
त्यस्तै सचिवमा बुद्ध तामाङ र प्रकाश शिवाकोटीको उम्मेद्वारी परेको छ । सहसचिवमा भने विष्णुप्रसाद सिग्देल र यादव पोखरेलको उम्मेदारी परेको हो ।त्यस्तै कोषाध्यक्षमा युवराज निरौला र चुडामणि कट्टेलको उम्मेद्वारी परेको निर्वाचन समितिले जनाएको छ ।

सदस्य पदका लागि किरणकुमार थापा, श्याम श्रीवास्तव, प्रकाश दाहाल, मदन खड्का, शैलेन्द्रकुमार कुरुङ्वाङ, किरण श्रेष्ठ, विशन लिम्बू, दीपेन चौधरी, एजाज अहमद अन्सारी, सचित आनन्द सुब्बा, भुपेन्द्र भण्डारी, सुशील थाापा, देवीप्रसाद खरेल, सजेश शिवाकोटी अर्जुनकुमार चुडाल र विश्वेश्वरप्रसाद बजगाईको उम्मेद्वारी परेको निर्वाचन समिति संयोजक रुद्रप्रसाद भुर्तेलले जानकारी दिए ।

यसैबीच झापा गोल्डकपको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष विनोद बस्नेतको अध्यक्षता तथा झापा ११ फुटबल क्लबका अध्यक्ष जलकुमार गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष बलराम कार्कीले स्वागत गरेका थिए।

कार्यक्रममा झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामा, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, झापा खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी ,बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेश सदस्य प्रकाश शिवाकोटीलगायतले शुभकामनासहित मन्तव्य राखेका थिए ।

कार्यक्रममा अध्यक्ष बस्नेतले बार्षिक प्रतिवेदन, महासचिव गजेन्द्र पौडेलले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष केदार गिरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन महासचिव गजेन्द्र पौडेलले गरेका थिए। देवीप्रसाद कडरिया

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्