झापा, पुष २९ । कोशी प्रदेशका खानेपानी , सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्कीले भाक्का व्यवसायलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् । उनले बिर्तामोड , भद्रपुर , सुरुङ्गालगायतका बजारमा व्यवस्थित भाक्का पसल खोल्न सुझाव दिएका छन् ।

आठौ राष्ट्रिय भाक्का दिवसको कार्यक्रमलाई बिर्ताबजारको डोमालाल राजवंशी रंगशालामा उद्घाटन गर्दै उनले अब सटरमा भाक्का व्यवसाय व्यवस्थितरुपमा गर्न सुझाए । ‘भाक्कालाई व्यवसायीकरण गर्नुहोस् ’ उनले भने,‘ राज्यको तर्फबाट के सहयोग गर्नुपर्छ हामी गर्न तयार छौं ।’

राजवंशी समाज विकास केन्द्रीय समितिले सोमवार डोमालाल राजवंशी रङ्गशालामा आठौँ राष्ट्रिय भाक्का दिवस मनाएको हो । दिवसको महत्वका बारेमा राजवंशी समाज विकास समितिका केन्द्रीय अध्यक्ष अभय राजवंशीले प्रकाश पारेका थिए । आदिवासीहरूको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजाको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा भाक्का दिवस मनाउँदै आइरहेको छ । भाक्का दिवसको अवसरमा झापाका तीन पालिकाले सोमवार सार्वजनिक विदा दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्