दुधे, माघ १ ।सतासीधाम जेसीजको वर्ष २०२५ को अध्यक्षमा शिवसताक्षी नगरपालिका वडा नम्बर १० का पदमबहादुर कुँवर सर्वसम्मत चयन भएका छन्।

सोमवार झिलझिलेको एसियन हाइवे होटलको सभाहलमा भएको१२औं साधारण सभाबाट कुँवर अध्यक्षमा सर्वसम्मत चुनिएका हुन् ।
मेची अंग्रेजी माध्यमिक विद्यालय माईधारका प्रधान अध्यापकसमेत रहेका कुँवर शैक्षिक उद्यमी हुन्। पछिल्लोपटक समाजसेवामा अग्रस्थानमा रहेका कुँवर सतासीधाम जेसीजको एघारौँ अध्यक्ष बनेका हुन्।
नवगठित समितिको कार्यकारी उपाध्यक्षमा गणेश अधिकारी र रिता कोइराला निर्वाचित भएका छन्।
यस्तै चार उपाध्यक्ष पदमा शिशिर उप्रेती,सरु अधिकारी, सचिन श्रेष्ठ र दिलबहादुर कार्की (राजन) सर्वसम्मत निर्वाचित बनेका छन्।
त्यस्तै सचिवमा निकेश दाहाल, जनसम्पर्क अधिकारीमा पारस खनाल र तालिम निर्देशकमा पुष्प पौडेल निर्विरोध निर्वाचित बनेको वर्ष २०२४ का लागि निवर्तमान अध्यक्ष एवम् वर्ष २०२५ का निर्वाचन आयुक्त निर्मला प्रधानले जानकारी दिएकी छन्।