झापा, माघ १ । मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

गएराति ९.३० बजे मिक्लाजुङ– ३ अधिकारी चोकस्थित भित्री सडकमा रमितेबाट धोबेनी बजारतर्फ आउँदै गरेको प्र.१–०४–००१प ३६१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई उछिट्टिएर बाटोको नालीमा दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३४ वर्षीय प्रदिप राई गंभीर घाइते भएका थिए ।

प्रहरी टोलीले उद्धार गरी राईलाई उपचारको लागि अरनिको अस्पताल उर्लाबारी पठाएकोमा उपचारका क्रममा राति १०.३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेतर्फ पठाउन पहल भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्