झापा, माघ २ । कपडामा आगो सल्किएर झापाको कमलमा एक बालिका गंभीर घाइते भएकी छन् ।

हिजो साँझ ७ः३० बजे कमल गाउँपालिका वडा न. २ सुनाराटोल बस्ने जितनारायण चौधरीकी छोरी १३ वर्षीया सजिना चौधरीले घरको मन्दिर कोठामा धुपवाती बाल्ने क्रममा उनले लगाएको कपडामा अचानक आगो सल्किएको थियो ।

आगलागीबाट अनुहार, दुबै हात खुट्टामा पोलेर घाइते भएकी सजिनालाई उपचारको लागि दमक रिसर्च सेन्टर अस्पताल दमक लगिएको छ । उनको अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्