झापा । भारतको तेलंगानामा केही दिनयता एक महिला अघोरीको निकै चर्चा चलेको छ ।
ती महिला नागा साधुको भिडियो सोसियल मिडियामा निकै भाइरल भइरहेको छ । ती महिला साधुले मुत्यालम्मा मन्दिरमा आत्मदाह गर्ने घोषणा गरेकी थिइन् । महिला अघोरीको सो घोषणा हेर्दाहेर्दै मानिसहरुबीच चर्चाको विषय बनिसक्यो । प्रहरी पनि एक्सनमा आयो र भारी सुरक्षाका बीच उनलाई सिद्दीपेटबाट पक्राउ गरी मन्चेरियल जिल्लाको नन्नेला मन्डलस्थित कुशनपल्ली गाउँमा पुर्याइयो ।
प्रहरीले ती महिला साधुलाई पहिला उसकै घरमा नजरबन्दमा राखेको थियो । यद्यपि त्यसको बावजुद महिला अघोरी आफ्नो निर्णयप्रति अटल रहिन् । उनले आफ्नै घरमा आत्मदाह गर्ने चेतावनी दिइन् । महिला साधुको त्यस चेतावनीका कारण तेलंगाना प्रहरीलाई थप चिन्तित बनायो । आखिर प्रहरीले ती महिला अघोरीलाई महाराष्ट्रको सीमामा छोडिदियो ।सोसियल मिडियामा ट्रेन्ड गरिरहेकी ती महिला अघोरीको विषयमा सनसनीपूर्ण कुराहरु बाहिर आएका छन् । ती अघोरी को हुन् ? उनका माता–पिता को हुन् ? यसैबीच केही यूटयूवर्स मन्चेरियल जिल्लाको कुशनपल्लीस्थित ती अघोरीकोे पैतृक स्थानमा पुगेका थिए । त्यहाँ पुगेर थाहा भयो कि ती अघोरी महिला होइनन् । गाउँले र परिवारले बताए अनुसार उनी तेस्रोलिङ्गी बनेका हुन् । ती अघोरीको वास्तविक नाम श्रीनिवास हो ।
श्रीनिवासले कक्षा ६ मा पढ्दै गर्दा कम उमेरमै घर छोडेका थिए । करीब १५ वर्षपछि उनी अघोरी बनेर आफ्नो गाउँ फर्किएका थिए । गाउँ पुगेर आफ्ना माता–पिताबाट आशीर्वाद लिएका थिए । यद्यपि श्रीनिवासका माता–पिताका अनुसार अघोरी बनेपछि उनीहरुले कहिल्यै पनि आफ्ना छोरासंग कुराकानी गरेका छैनन् ।