झापा,माघ ४ । झापाको मेचीनगरस्थित एक होटलमा आगलागी भएको छ ।

आज बिहानको राति १ बजे मेचीनगर नगरपालिका वडा नम्वर १२ माईलाबारी टोलमा रहेको होटल लिटल सेफ फास्टफुड क्याफेमा आगलागी भएको हो । दामोदर दाहालको दुईतले घरको तल्लो तल्लामा वडा नं १३ बस्ने प्रदिप लिम्बूले संचालन गरेको होटलमा इन्भर्टरको तार सर्ट भई अचानक आगलागी हुँदा फ्रिज १ थान, र्याक १ थान, बिभिन्न ब्राण्डका रक्सीहरु, गल्लामा राखिएको नगद २५ हजार , इन्भर्टर १ थान, ब्याट्री २ थान र क्याफे आंशिक रुपमा जल्दा अन्दाजी ८ आठ लाखबराबरको क्षति भएको छ ।

प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै आगोले जलेर सुनसरीमा एक बृद्धा गंभीर घाइते भएकी छन् । हिजो दिउँसो ३.३० बजे सुनसरी इनरुवा –५ बलाहा बस्ने ७२ वर्षीया कमलाकुमारी न्यौपाने आफ्नै घरमा घुर बाली आगो ताप्ने क्रममा सारीमा आगो सल्किएर घाइते भएकी हुन् । कम्मरभन्दा मुनि दुबै खुट्टाको तिघ्रामा जलेर घाइते भएकी बृद्धाको जिल्ला अस्पताल सुनसरी इनरुवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्