हल्दिवारी, माघ ४ । झापाको हल्दिवारी गाउँपालिकाभित्रका सबै सामुदायिक विद्यालयका डेक्स बेन्चहरु मर्मत गरी रंगरोकन गर्न थालिएको छ ।

बिहीवारदेखि धनुषा आधारभूत विद्यालयमा रहेका डेक्स बेन्चलाई पहेलो रंग गरेर चिटिक्क पार्न थालिएको गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले बताए ।
हल्दिवारी गाउँपालिकामा रहेका १७ वटा सामुदायिक विद्यालयका सबै डेक्स –बेन्चहरु मर्मत गरिने र त्यसपछि अभिभावक , विद्यार्थीको सक्रियतामा रंगरोकन गर्न लागिएको अध्यक्ष लिङ्देनले जानकारी दिए ।
व
र्षौदेखि बिग्रिएर थन्किएका डेक्स बेन्चलाई गाउँपालिकाले मर्मत गर्ने छ । प्रत्येक विद्यालयमा कक्षा ५ सम्म अभिभावक ,जनप्रतिनिधि र सरोकारवालाको सहयोगमा रंग लगाउन थालिएको छ । त्यस्तै ५ देखि माथिका कक्षामा भने विद्यार्थीको सक्रियतामा रंगरोकन गरिने अध्यक्ष लिङ्देनले जानकारी दिए ।
हल्दिवारीका विद्यालयमा सिसी क्यामेरा जडान , कम्प्युटर ल्यावको व्यवस्था , शिक्षकहरुको इ–हाजिरी , व्यवस्थित बालविकास कक्षाहरु , कक्षा १२ सम्म निःशुल्क शिक्षा जस्ता महत्वपूर्ण शिक्षा सुधारका कार्यक्रमहरु २०७४ सालदेखि नै संचालन हुँदै आएको छ ।