झापा, माघ ४ । इलाममा एक बृद्ध मृत फेला परेका छन् ।

आज राति ८ः३० बजे इलाम नगरपालिका ६ बिजुवानीमा सोही ठाउँ बस्ने ७९ वर्षीय बिष्णुबहादुर सुबेदी मृत फेला परेका हुन् । गोरेटो बाटो छेउमा उतानो परी मृत अवस्थामा भेटिएको इलाम प्रहरीले जनाएको छ । मृतकले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको बुझिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्