झापा , माघ ५ । विद्युतीय कारोबार ऐन र संगठित रूपमा आपराधिक लाभ लिएको कसुरमा पटक पटक पक्राउ परेर रिहा भएका बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईंले आज बिर्तामोडमा र्यालीसहितको सभा गर्ने भएका छन् ।

राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंले बिहान ११ बजे बिर्तामोडको हनुमान कम्प्लेक्सअगाडि मोटरसाइकल र्यालीपछि सभा गर्ने भएका हुन् । दमकबाट मोटरसाइकल र्याली शुरु भई बिर्तामोडमा सभामा परिणत हुने जनाइएको छ ।

प्रसाईं गत पुष २५ गते ३ लाख धरौटीमा रिहा भएका हुन् । उनलाई गत मंसिर २८ गते विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा धरौटी बुझाएर निस्किनासाथ अदालत परिसरबाटै संगठित रूपमा आपराधिक लाभ लिएको कसुरमा प्रहरीले पुनः पक्राउ गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्