
झापा, माघ ५ । गायक रवि ओडको आवाज, लालकुमारी जोगी (पुलामी) को शब्द र आइत पुलामीको सङ्गीत तथा प्रस्तुति रहेको ‘किन दुख्छ मुटु’ बोलको गीतको भिडियो सार्वजजिक गरिएको छ । रवि ओडको युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक भएको हो । कृष्ण खड्काको निर्देशनमा बनेको भिडियोमा नरेन भट्टराईको कथा रहेको छ । सामान्य जीवनमा खुसीसाथ बाँचिरहेको एक श्रीमान् श्रीमतीमध्ये जब कोही एकलाई जटिल रोग लाग्छ, तब उनीहरूको जीवनमा उतारचढावको कथा गीतमा प्रस्तुत गर्न खोजिएको छ । गीतमा बिरामीले भोग्नुपर्ने शारीरिक र परिवारले भोग्नुपर्ने आर्थिक कष्टसँगै अस्पतालको शय्यामा बाँच्न सङ्घर्ष गरिरहेको बिरामीको मनोविज्ञान कस्तो हुन्छ भन्ने देखाइएको छ । गीतमा टिकटकर सुशीला केसी र सागरमान रावलको अभिनय रहेको छ ।