झापा, माघ ५ । कालिका नेपाल बिर्तामोडको नवौं साधारण सभा पाँचौं अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले आगामी दुई वर्षको लागि नयाँ कार्यसमिति चयन गरेको छ । मनोज घिमिरे अध्यक्ष रहेको ११ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरिएको संस्थाका संस्थापक अध्यक्ष तुलसीराम खरेलले जानकारी दिए । नवनिर्वाचित समितिको उपाध्यक्षमा कृष्णप्रसाद खनाल, सचिवमा रामकुमार नेपाल, सहसचिवमा कृष्ण अधिकारी, कोषाध्यक्षमा शिला खरेल तथा सदस्यहरूमा खिवलाल अधिकारी, दीपक अर्जेल, पुण्यप्रसाद अर्याल, चन्द्र अधिकारी, सुनिता भट्टराई कार्की र मोहन सिटौला रहेका छन्।

साधारण सभामा अध्यक्षको प्रतिवेदन जया अधिकारी खनाल तथा कोषाध्यक्षको प्रतिवेदन देवका अधिकारीले प्रस्तुत गरेका थिए। निर्वाचन समिति संयोजक गोविन्द कार्की रहेको कार्यक्रमको सञ्चालन सचिव रामकुमार नेपालले गरेका थिए।

कालिका नेपाल २०७३ सालमा बिर्तामोड नगरपालिकामा स्थापना भएको हो । जिल्ला प्रशासन कार्यालय झापा , समाज कल्याण परिषद् काठमाडौँ तथा गैरसरकारी संस्था महासंघ झापामा दर्ता भएर संस्थाले कोशी प्रदेशभरि नै आफ्नो कार्यक्षेत्र बनाएको छ ।

संस्थाले विभिन्न सामाजिक गतिविधिहरू गर्दै आएको छ । रक्तदान, महिला सशक्तिकरण,बालबालिकासँग सम्बन्धित कार्यहरू, जेष्ठ नागरिक सम्मान, लागूपदार्थ दुर्व्यसनविरुद्धका सचेतनाका कार्यक्रमहरू गर्दै आएको संस्थापक सदस्यसमेत रहेका पूर्व अध्यक्ष भक्तबहादुर कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्