बिर्तामोड,माघ ६ । देशकै चर्चित सोफा तथा फर्निचर निर्माता सोफा हवले आफ्नो आठौं शाखा बिर्तामोडमा सञ्चालनमा ल्याएको छ।

भद्रपुर रोडस्थित नयाँ शाखाको राष्ट्र, राष्ट्रियता ,धर्म संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईले आइतवार उद्घाटन गरेका छन्।
उद्घाटन कार्यक्रममा अभियानका संयोजक प्रसाईले नेपालमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्। उनले सोफा हवले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्दै रोजगारी सिर्जना गरेकोमा प्रशंसा गर्दै भने, “सोफा हवजस्तो स्वदेशी उद्योगले गुणस्तरीय उत्पादनमार्फत नेपाली उपभोक्ताको आवश्यकताहरू पूरा गरिरहेको छ। यस्ता उद्योगहरूको विकासले देशको आर्थिक समृद्धिमा टेवा पुर्याउँछ। हामीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ र आयातमा निर्भरता घटाउनुपर्छ।”
तीनतले सोरुममा उच्च गुणस्तरका फर्निचर तथा सोफाहरु प्रदर्शनमा राखिएका छन्। न्यूनतम १० हजार रुपैयाँदेखि अधिकतम १ लाख रुपैयाँसम्मका सोफा उपलब्ध रहेको छ। कम्पनीले १० वर्षको वारेन्टी, ५० किलोमिटरभित्र निःशुल्क डेलिभरी र पुरानो सोफाको सट्टापट्टाजस्ता आकर्षक सुविधाहरु प्रदान गर्दै आएको छ।
काठमाडौं, चितवन, पोखरा र नेपालगञ्जमा शाखा स्थापना गरिसकेको सोफा हवले आफ्नै उद्योगबाट उत्पादन गरी सुलभ मूल्यमा बजारमा उपलब्ध गराउँदै आएको जनाएको छ। कम्पनीका अनुसार कम लागत र कम नाफा तर धेरै बिक्रीको रणनीतिले नेपालभरि ग्राहकहरूको मन जित्न सफल भएको हो ।

कम्पनीले १६८ जनालाई प्रत्यक्ष र हजारभन्दा बढीलाई अप्रत्यक्ष रोजगारी प्रदान गरिरहेको जनाएको छ। सोफा हवका प्रवन्धक तारालाल धरेलले गुणस्तरीय उत्पादन र उत्कृष्ट सेवाको कारणले सोफा हव उपभोक्ताको पहिलो रोजाइ बन्न सफल भएको बताए।
बिर्तामोड शाखा खोलेसँगै झापाका उपभोक्ताहरुलाई उच्चस्तरीय सेवा प्रदान गरी आवश्यकता पूरा गर्ने अपेक्षा राखेको छ। कम्पनीले आगामी दिनमा अन्य क्षेत्रहरूमा समेत आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ।