झापा, माघ ६ । पूर्व पतिको बामफोक प्रहारबाट इलाममा एक महिला घाइते भएकी छन् ।

आज बिहान १०ः३० बजे इलाम रोङ गाउँपालिका– ४ भालुझोडा बस्ने प्रदिप लिम्बूकी श्रीमती ३० वर्षीया अमृता लिम्बूलाई उनका पूर्व पति पाँचथर फालेलुङ– १ एकतिन बस्ने दिलकुमार थोक्लेहाङले बामफोक प्रहार गरी घाइते बनाएका हुन् ।

अमृताका हालका श्रीमान घाँस काट्न बारीमा गएको समयमा पूर्व श्रीमान दिलकुमारले घरमा कोही नभएको बेलामा बामफोक प्रहार गरि घाइते बनाएको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ । बामफोक घटनास्थलमा फेला परेपनि बामफोक प्रहार गर्ने दिलकुमार फरार रहेकाले खोजतलास भइरहेको इलाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्