झापा, माघ ७ । मलद्वारमा १० ग्रामभन्दा बढी ब्राउनसुगर लुकाएर ल्याउने दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कन्काई नगरपालिका वडा न.८ बस्ने २५ वर्षीय सुमन राजवंशी र अर्जुनधारा नगरपालिका वडा न.५ बस्ने ३० वर्षीय प्रबिण गिरी रहेका छन् । आज साँझ ६ः१५ बजे झापा गाउँपालिका वडा नम्वर –५ पन्थापडामा खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र १–०१–०१६ प ९००९ नम्बरको मोटरसाइकललाई शंका लागेर चेकजाँच गर्ने क्रममा सोही मोटरसाइकल पछाडी सवार राजवंशीले मलद्वारमा प्लाष्टिकले पोका पारी लुकाइ छिपाइ ल्याउँदै गरेको १२ ग्राम २० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

प्लाष्टिकबाहेक १० ग्राम १५ मिलिग्राम ब्राउनसुगर र मोटरसाइकलसहित मोटरसाइकल चालक गिरी र राजवंशीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्