झापा , माघ ८ । मानव अधिकार एलाइन्स झापाले नयाँ नेतृत्व पाएको छ ।

हिजो सम्पन्न मानव अधिकार एलाइन्स झापाको दोस्रो अधिबेशन तथा छैठौं बार्षिक साधारण सभाबाट अर्जुनकुमार पाठकको नेतृत्वमा ११ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको हो ।

पूर्व राष्ट्रिय सभा सदस्य तथा नेकपा एमाले केन्द्रीय सल्लाहकार हरिचरण शिवाकोटीको प्रमुख आतिथ्यता, नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य उमानाथ ओली, मानव अधिकार एलाइन्स नेपालका केन्द्रीय सदस्यद्वय रुद्र सिटौला र पार्वता श्रेष्ठ, नेकपा एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराई, गौरीगञ्ज गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवर, नेकपा एमाले बिर्तामोड नगर कमिटी उपाध्यक्ष तथा बिर्तामोड नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष मदन बुढाथोकीलगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता मानव अधिकार एलाइन्स, झापा शाखाका कार्यवाहक अध्यक्ष कृष्ण दंगालले गरेका थिए ।

झापाका विभिन्न पालिकाहरुबाट मानव अधिकार एलाइन्स झापामा आवद्ध संघ संस्थाका प्रमुख तथा प्रतिनिधि गरी ६० जना सहभागी सो कार्यक्रमबाट निर्वाचित नयाँ समितिका पदाधिकारीहरुमा उपाध्यक्ष नेत्रप्रसाद प्रसाई, सचिव एकेन्द्र उप्रेती, कोषाध्यक्ष पार्वता खतिवडा, सदस्यहरुमा कोशिस घिमिरे, अनिल गौतम, ध्यानबहादुर (डि.बी.) भारती, मनिता सुवेदी, यसोदा बराल, कमला गौतम र अभिषेक मिश्र रहेको निर्वाचन मण्डलका सदस्य टिका अधिकारीले जानकारी दिएका छन् । मानव अधिकार एलाइन्स कोशी प्रदेशका सदस्य दिपक दासको संयोजकत्वमा भएको ३ सदस्यीय निर्वाचन मण्डलमा टिका अधिकारी र कृष्ण दंगाल सदस्य रहेका थिए ।

निर्वाचनपश्चात् हिजो नै नेकपा एमाले केन्द्रीय सल्लाहकार हरिचरण शिवाकोटीले नवनिर्वाचित समितिलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएको मानव अधिकार एलाइन्स नेपालका केन्द्रीय सदस्य रुद्र सिटौलाले जनाए । विराट बहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा आयोजित सो कार्यक्रममा कार्यवाहक अध्यक्ष कृष्ण दंगालले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष विमला ढकालले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

माघ ५ गते मेघबहादुर कटुवालको नेतृत्वमा गठित ११ सदस्यीय मानव अधिकार एलाइन्स बिर्तामोड नगर कमिटीलाई समेत मानव अधिकार एलाइन्स नेपालका केन्द्रीय सदस्य रुद्र सिटौलाले हिजो नै पद तथा गोपनीयताको सपथ खुवाएका थिए । उक्त नगरस्तरीय कमिटीको उपाध्यक्ष गणेशबहादुर तामाङ, सचिव अमित बुढाथोकी, सहसचिव तोयानाथ दाहाल, कोषाध्यक्ष कल्पना ओली, सदस्यहरुमा दिनेश अधिकारी, गणेश कोइराला, हिमाल मैनाली, संगीता शिवा, युवराज गौतम, राजेन्द्र खरेल रहेका छन् ।

अर्जुनकुमार पाठकले सञ्चालन गरेको सो कार्यक्रममा प्रमुख अतिथि हरिचरण शिवाकोटी, अतिथिहरु सुवास भट्टराई, पुजन न्यौपाने कुँवर, उमानाथ ओली, रुद्र सिटौलालगायतले शुभकामना मन्तव्य राखेको मानव अधिकार एलाइन्स झापाका सदस्य कोशिस घिमिरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्