
झापा,माघ ८ । ओखलढुङ्गाको लिखु गाउँपालिकाका पशु चौपायामा लाग्ने लम्पी स्किन रोगको प्रकोप देखिएको छ । गाउँपालिका ८ र ९ का किसानले पालेका पशु चौपायामा लम्पी स्किन रोगको प्रकोप देखिएको हो ।
छिमेकी जिल्ला रामेछापबाट खरिद गरेर ल्याईएका भैँसी र गोरु लगायत गरि आधा दर्जन बढी पशुचौपायमा लम्पीको संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएको छ । लम्पी स्किनसँग मिल्दो जुल्दो रोगको संक्रमण देखिएसँगै महामारीको रुपमा फैलन नदिन किसानलाई सतर्कता अपनाउन आग्रह गरिएको गाउँपालिकाको पशुपन्छी विकास शाखाका पशु चिकित्सक डा. रोशन पौडलले बताए ।
प्रभावित क्षेत्रमा पशु प्राविधिकहरु खटाइएको पौडेलको भनाइ छ । आवश्यक रोग पहिचान र प्रकोप नियन्त्रणका लागि अध्ययन गरिने प्रमुख पौडेलले जानकारी दिए । किसानले पालेका पशु चौपायमा यस्ता लक्षण देखिएमा सम्बन्धीत निकायमा खबर गर्न र बिरामी पशुलाई छुट्टै राख्न, चरिचरणमा नलान तथा आवश्यक सतर्कता अपनाउन पालिकाले आग्रह गरेको छ ।