झापा, माघ ८ । बिर्तामोड नगरपालिका वडा न.३ बिर्ताबजार बस्ने ३८ वर्षीय सूर्य भन्ने गंगाबहादुर लिम्बू आफ्नै घरको कोठाभित्र ओछ्यानमा मृत फेला परेका छन् ।

घरमा एक्लै बस्दै आएका लिम्बू मृत फेला परेको भन्ने खबर आज राति ८ः५० बजे छिमेकीहरुले प्रहरी चौकी बिर्ताबजारमा जानकारी गराएका थिए । प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी सहायक निरीक्षक पदम बिष्टको टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडबाट टोली गएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्