झापा, माघ १० । झापाको बिर्तामोड– ७ स्थित शिव पाञ्चायन मन्दिर देउनिया धाम धार्मिक स्थलको रुपमा विकसित हुन लागेको छ ।

२०७० सालमा २९ हजार रुपैयाँबाट मन्दिरको निर्माण शुरुवात गरिएकोमा अहिले हलसहितको भव्य मन्दिर , यज्ञ होमादि कुण्ड , भण्डार कक्ष , शौचालय , शिलालेख बोर्डजस्ता संरचना निर्माण भएका छन् । धार्मिक महिमा रहेको त्यस मन्दिरप्रति भक्तालुहरुको आस्था पनि बढ्दै गएको छ । मन्दिर निर्माण गर्नका लागि डिल्लीरामं कमला भट्टराईले दुई कठ्ठा र सरितादेवी न्यौपाने र भिष्म न्यौपानेले दुई कठ्ठा जग्गा दान दिएका थिए । सोही जग्गामा विभिन्न दाताहरुबाट सहयोग संकलन गरी संरचना निर्माण गरिएको शिव पाञ्चायण मन्दिर तथा भजन समितिका सचिव नवराज भट्टराई नवीनले बताए । जग्गादाता डिल्लीराम भट्टराईले आफू अमेरिका घुम्न गएको बेला आफन्तले चिया खान दिएको साढे ५ लाख रुपैयाँले सो मन्दिरमा यज्ञ होमादि कुण्ड बनाइदिएका छन् ।

यसैबीच गुरुकुल संचालन गर्न र मन्दिर घेरावारा गर्न आगामी फागुन ३ देखि शुरु भई महाशिवरात्रिका दिन फागुन १४ गते समापन हुने गरी शिव महापुराण संचालन हुँदैछ । पुराण आयोजना गर्नका लागि मन्दिर समितिका सचिव भट्टराईको अध्यक्षतामा पुराण मूल आयोजक समिति निर्माण गरिएको छ । सो पुराणमा आचार्य पण्डित नारायण कोइराला प्रमुख वाचक रहने भट्टराईले जानकारी दिएका छन् ।

यसैबीच अतिरुद्र महायज्ञ संचालन भइरहेको साधुटारमा शिव पाञ्चायण मन्दिर तथा भजन समितिका पदाधिकारी र सदस्यहरुलाई अवलोकन गराइएको बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्