झापा,माघ ११ । झापाको झापा गाउँपालिका वडा नं. ६ तल्लो चप्रामारीस्थित कटेज चोकमा ट्रयाक्टरको ठक्करबाट एक महिला साइकलयात्री गम्भीर घाइते भएकी छन् ।

आज बिहान करिब ८ः३० बजे सुरुङ्गाबाट शरणामतितर्फ जाँदै गरेको मे १ त ३९२९ नम्बरको ट्रयाक्टरले सोही दिशातर्फ जाँदै गरेकी साइकलयात्रीलाई ठक्कर दिएको हो ।
दुर्घटनामा परी कनकाई नगरपालिका ६ बस्ने ३६ वर्षीया कालामई टुडू गम्भीर घाइते भएकी हुन्। घाइतेलाई स्थानीयले उद्धार गरि उपचारको लागि सुरुङ्गा पठाएका छन् ।

सिमेन्ट बोकेर जाँदै गरेको ट्रयाक्टर तीब्र गतिका कारण अनियन्त्रित भई साइकललाई ठक्कर दिन पुगेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनापछि ट्रयाक्टर चालक फरार रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्