
झापा,माघ ११ । सरकारले सगरमाथा आरोहणमा विदेशीलगायतका आरोहीबाट संकलन गर्ने सलामी दस्तुरलाई ११ हजार अमेरिकी डलरबाट १५ हजार पु¥याएको छ । पर्यटन विभागका महानिर्देशक नारायणप्रसाद रेग्मीका अनुसार हिमाल आरोहणसम्बन्धी दस्तुर हेरफेरलगायतका विषयमा संशोधन भएको पर्वतारोहण नियमावलीलाई मन्त्रिपरिषद्ले हालै पारित गरेर सगरमाथा आरोहणमा विभागले तोकेको ११ हजार सलामी दस्तुरलाई १५ हजार अमेरिकी डलर पु¥याइएको हो ।
‘हिमाल आरोहणमा विदेशी, स्वदेशीले तिर्ने सलामी दस्तुरहरू हेरफेर भएका छन्,’ महानिर्देशक रेग्मीले भने, ‘यसबाहेक आरोहणदलमा संलग्न हुने कामदारहरूको सुरक्षा, बिमालगायतका विषयमा पनि नियम संशोधन भएका छन् । मन्त्रिपरिषद्ले पारित गरेको नियमावली केही दिनमा राजपत्रमा प्रकाशित हुने छ ।’