झापा,माघ ११ । नेपाली कांग्रेसले ‘सुवर्ण शमसेर इकोनोमिक कन्क्लेभ’ गर्ने भएको छ । विसं २००८ सालमा अर्थमन्त्री बनेका कांग्रेसका संस्थापक नेता सुवर्ण शमसेरको नाममा इकोनोमिक कन्क्लेभ गर्न लागिएको हो । नेपालको पहिलो बजेट राणाले ल्याएका थिए । अर्थ संवादका लागि विदेशी व्यक्तिहरू समेत ल्याएर कांग्रेसले कार्यक्रम गर्न लागेको हो । फागुनको २६ र २७ मा गते सुवर्ण शमसेर इनोनोमिक कन्क्लेभ गर्न लागिएको महामन्त्री गगन थापाले जानकारी गराए । इकोनोमिक कन्क्लेभमा केही विदेशी वक्ताहरू समेत आउने थापाले जानकारी गराए । साथै, कांग्रेसले रोजगारीका सन्दर्भमा रहेर एकवर्षे बहस निरन्तर गर्ने भएको छ । माघको मसान्तबाट रोजगारी बहस चलाउने तयारी गरिएको महामन्त्री थापाले जानकारी गराए । उनले भने, ‘नेपालमा रोजगारी कहाँ छ? रोजगारीको अवस्था के छ भन्ने बारेमा एक वर्ष भरिमा बहस चलाउने गरी तयारी गर्दैछौं ।’यही माघको माघ १६ र १७ गते ‘नेपाल स्टार्ट अप एण्ड एमइ समीट’ गर्न लागिएको छ । केन्द्रीय कार्यालय सानेपामा दुईदिने कार्यक्रम राखिएको छ । स्टार्ट अप र उद्यमशीलता प्रर्वद्धन गर्ने उद्देश्यले प्रदर्शनी गर्न लागिएको केन्द्रीय सदस्य उर्मिला थपलियाले जानकारी गराइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्