झापा , माघ ११ । एक सातादेखि बेपत्ता रहेका झापा मेचीनगर नगरपालिका वडा न. ७ पाथीभरा टोल बस्ने ४६ वर्षीय जीवनराज पाण्डे भान्सा कोठामा मृत फेला परेका छन् ।

६–७ दिनदेखि पाण्डेलाई गाउँघरमा नदेखेपछि स्थानीयहरुले अस्थाई प्रहरी पोष्ट इटाभट्टामा जानकारी गराएका थिए । आज बिहान ११ः३० बजे अस्थाई प्रहरी पोष्ट इटाभट्टाबाट खटिएको प्रहरी टोलीले गएर हेर्दा ढोका भित्रबाट ताला लगाएको भेटिएको थियो ।
जनप्रतिनिधि र स्थानीयसहितले पाण्डेको घरको ढोका फोडी हेर्दा उनी भान्सा कोठामा लडी मृत अवस्थामा रहेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।