झापा , माघ १२ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ सोनापुरस्थित चौरीमा नवजात शिशुको शव फेला परेको छ ।

आज बिहान ९ः४० बजे १–२ दिनको जस्तो देखिने नवजात शिशु (छोरी) को शव फेला परेको हो । नगर प्रहरी कार्यालय त्रियुगामा खबर प्राप्त हुनसाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली गएको जनाइएको छ ।