
झापा,माघ १२ । नेपाली कांग्रेस उद्यमशिलता र साना तथा मझौला व्यवसायी विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको छ ।आउँदो माघ १६ र १७ गते विभागले नेपाल स्टार्ट अप र साना तथा मझौला सम्मेलन गर्ने भएको हो । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै सम्मेलनबारे जानकारी दिएको हो ।पत्रकार सम्मेलनमा नेपाली कांग्रेस उद्यमशिलता र साना तथा मझौला व्यवसाय विभागकी प्रमुख उर्मिला थपलियाले साना तथा मझौला व्यवसायीहरुका लागि यो सम्मेलन परिचयात्मक कार्यक्रम हुने बताइन् ।उनले युवाहरुलाई उद्यमशिलतामा प्रोत्साहन गर्न सम्मेलन महत्त्वपूर्ण हुने बताउँदै सम्मेलनमा सबैभन्दा युवाहरुलाई बढी जोडिने जनकारी दिइन् । सम्मेलनले साना तथा मझौला व्यवसायीका लागि नीति निर्माण गर्न सहज हुने विश्वास व्यक्त गरिन् ।