झापा, माघ १२ । सुनसरीको इटहरीमा कवाडी टिप्नेहरुबीच विवाद हुँदा घाइते भएका एकजनाको मृत्यु भएको छ ।

गत पुष २९ गते कुटपिटबाट घाइते भएका ३६ वर्षीय टोपबहादुर परियारको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो । पुष २९ गते बिहान ९ बजे इटहरी– ४ टेग्रा खोलानजिक तत्काल वतन नखुलेको सडकमा कवाडी बटुली हिड्ने परियारलाई कवाडीकै काम गर्ने १८ वर्षीय प्रदिप चौधरीले कुटपिट गरेका थिए ।
टाउको र आँखामा चोट लागेर घाइते भएका परियारलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा धरान लगिएको थियो । कुटपिट गर्ने चौधरीलाई इटहरी ६ हटिया लाईनमा फेला पारी नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको प्रहरीले जनाएको छ ।