झापा, माघ १३ । हरिण काट्दै गरेको अवस्थामा मोरङको लेटाङस्थित हरियाली सामुदायिक वनमा एकजना पक्राउ परेका छन् ।

हिजो साँझ ७ बजे लेटाङ –९ स्थित हरियाली सामुदायिक वनमा जाँते– पथरी भित्री सडकखण्डभन्दा अन्दाजी ३सय मिटर पूर्वमा हरिणको मासु काट्दै गरेको अवस्थामा लेटाङ –९ बस्ने ४७ वर्षीय कुमार राई पक्राउ परेका हुन् ।

अस्थायी प्रहरी चौकी जाँते र इलाका वन कार्यालय मंगलबारेबाट खटिएको संयुक्त टोलीले हरिणको मासुसहित को.११ प ६०५८ नं.को मोटरसाइकल, एक थान खुकुरी, एकथान मोबाइल ,नगद ६ हजार ५६५ रुपैंयाँ बरामद गरेको छ । राईलाई अनुसन्धान तथा कार्वाहीको लागि इलाका वन कार्यालय मंगलबारेमा बुझाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्