झापा, माघ १५ । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ झरना पुलनजिक पूर्वपश्चिम राजमार्गमा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

आज दिउँसो २.३० बजे बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६४५४ पिकअप र बिपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१२ प ३३७१ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा शिवसताक्षी नगरपालिका वडा नम्बर ९ बस्ने १९ वर्षीय सुजल अधिकारी घाइते भएका थिए । उनलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पुर्याई डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो ।
पिकअप चालक तेह्रथुम म्याङलुङ नगरपालिका ४ बस्ने ३६ वर्षीय अर्जुन शंकरलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
