झापा, माघ १५ । ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई फोनमा गालीगलौज गरी ज्यान मार्ने धम्की दिने एकजना केबलकार बिरोधीलाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान ९ः५० बजे ताप्लेजुङ फुङलिङ –४ स्थित कोप्चेबाट पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक प्रदिप मादेन (नानी) लाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको मोबाइल गस्ती टोलीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
माघ १२ गते फुङलिङ –११ स्थित बलुडाँडामा प्रहरी र केबलकार बिरोधीबीच झडप भएपछि प्रमुख जिल्ला अधिकारी शर्मालाई फोन गरी उनले ज्यान मार्ने धम्की दिएका थिए ।