झापा, माघ १५ । झापाको बाह्रदशीमा आगलागीबाट एक घर जलेर नष्ट भएको छ ।

आज दिउँसो ३.१५ बजे बाह्रदशी गाउँपालिका वडा न.७ डाँडागाउँ बस्ने सुशिल बास्कीको फुसको छानो भएको एकतले भान्सा घरको चुल्होबाट अचानक आगलागी भएको थियो । भान्सा घरसंगै फुसको छानो भएको एकतले मुल घरसमेत आगलागीबाट जलेर नष्ट भएको छ । आगलागीबाट नगद रु.७ हजार , लत्ताकपडा, अन्नपात गरी जम्मा १ लाखबराबरको धनमाल क्षति भएको बिर्तामोड प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्