झापा, माघ १६ । भारतको उत्तर प्रदेशमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरूले उक्त भागदौडमा दर्जनौँ मानिसहरू हताहत भएको उल्लेख गरेका छन् ।
बीबीसीका अनुसार भागदौडमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । त्यसक्रममा दर्जनौँ मानिसहरू घाइते भएका छन् ।
मंगलवार राति करिब २ बजेतिर मेलामा भागदौड मच्चिएको थियो । सार्वजनिक भएको एक ड्रोन फुजेटमा लाखौँ भक्तजनहरू देखिन्छ । उनीहरू उज्यालो भएपछि पवित्र स्नान गर्ने गरी अघि बढिरहेका थिए । आज महाकुम्भ मेलाको सबैभन्दा शुभ दिन मानिन्छ । त्यही कारण भक्तजनहरू मंगलबारदेखि नै स्नानका लागि लाइनमा थिए ।
यद्धपि प्रशासनले अहिलेसम्म मृत्यु भएको पुष्टि गरेको छैन । प्रयागराज सिटीका एक चिकित्सकका अनुसार घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ । कुम्भ मेलामा हिजो करिव तीन करोड भक्तालुले स्नान गरेको जनाइएको छ ।