
झापा,माघ १९ । इजरायलमा युुद्धको त्रास कम भएसँगै इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक (केयरगिभर) मा जान छनोट भएका २६ जनाको करार सम्झौता आएको छ । इजरायलमा युुद्धको त्रास कम भएसँगै नेपाली युुवालाई पठाउन इजरायल पक्षले पत्राचार गरेपछि दोस्रो चरणमा केयरगिभरमा इजरायल जान छनोट भएका नेपाली युुवाको इजरायल जाने बाटो खुुलेको हो ।
वैदेशिक रोजगार विभागका अनुसार इजरायल जान छनोटका सबै प्रक्रियासहित स्वास्थ्य परीक्षणमा सफल भएका ९२३ श्रमिकमध्ये २६ जनाको करार सम्झौता छ । इजरायलको रोजगारदाताको कम्पनीबाट भएको माग अनुसार छनोटमा परेका श्रमिकसँग करार सम्झौता क्रमशः हुँदै जाने विभागले जनाएको छ । हाल करार सम्झौता आएका युवा अबको तीन महिनाभित्र इजरायल पुुगिसक्नुुपर्ने छ ।
विभागका अनुसार हालसम्म दोस्रो चरणमा इजरायल जान सबै छनोट प्रव्रिmया (स्वास्थ्य परीक्षण र पूर्वप्रस्थान अभिमुुखीकरण तालिम सकेर रोस्टरमा रहेकामध्ये सुुरुमा २६ युुवाको करार सम्झौता भएको हो ।
विभागले इजरायल जान छनोट भएका ९२३ युवाको पूर्वप्रस्थान अभिमुुखीकरण तालिम सम्पन्न गरेको जनाएको छ । पछिल्लो समय इजरायलमा रोजगारीका लागि नेपालीको संख्या बढ्दै गएसँगै त्यहाँ कार्यरत नेपाली श्रमिकको सुरक्षा चासो पनि बढ्दै गएको थियो ।
त्यसैले पछिल्लो समयमा नेपालबाट नियमित रूपमा नेपाली जान सकेका थिएनन् । विभागका अनुसार हाल इजरायलमा एक हजार ३४५ जिटुजीबाट गएका श्रमिकसहित करिब पाँच हजार नेपाली कार्यरत छन् । इजरायलका विभिन्न केयरगिभर (वेताबोद) मा विदेशी श्रमिक अभाव हुन थालेपछि सो क्षेत्रमा नेपाली केयरगिभर लैजाने तयारीसहित करार सम्झौता धमाधम हुन थालेको विभागले जनाएको छ ।