बिर्तामोड, माघ १९ । लायन्स क्लव अफ बिर्तामोड गोल्डेन ड्रिम्सले विपन्न तथा दलित समुदायका २० जनालाई न्यानो कपडा ब्ल्याङ्केट वितरण गरेको छ ।

लायन्स क्लब अफ बिर्तामोड गोल्डेन ड्रिम्सकी अध्यक्ष रेनुका महतोको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं १० का वडाध्यक्ष दुर्याेधन गुरूङको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा वडा नं १० का विभिन्न टोलमा बसोबास गर्ने लक्षित समुदायका २० जनालाई ब्ल्याङ्केट वितरण गरिएको हो ।

सो अवसरमा लायन्स ३३२ ग्याट एरिया चिफ शैलेन्द्र कुरूङ्वाङ, लायन्स क्लवका प्रोटोकल चिफ सत्यनारायण साह, बिर्तामोड नगरपालिका वडा नं १० की वडा सदस्य दिपीका शिवा, आयोजक संस्थाकी उपाध्यक्ष जस्मिन लिम्बू, कोषाध्यक्ष किशोर श्रेष्ठ, छठ महिला मञ्चकी बरिष्ठ उपाध्यक्ष संगीता साह, टोल विकास संस्थाका अध्यक्ष बासुदेव गुरूङलगायतको उपस्थिति रहेको थियो ।

ग्याट एरिया चिफ कुरूङ्वाङले लायन्सले गर्ने सेवामुलक कार्यका बारेमा जानकारी गराएको कार्यक्रममा आयोजक संस्थाकी अध्यक्ष महतोले स्वागत तथा औचित्यमाथि प्रकाश पारेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्