झापा, माघ २१ । झापाको कनकाई नगरपालिका वडा न. १ जुकेकल्भर्टमा भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

आज बिहान ४ः३० बजे जुकेकल्भर्टस्थित पूर्वपश्चिम राजमार्गमा सुरुङगाबाट बिर्तामोडतर्फ आउँदैं गरेको मे ४ प ९५० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई डाईभर्सनमा ठोक्किन गई दुर्घटना हुँदा मोटरसाइकल चालक झापा गाउँपालिका वडा न.६ शरणामती बस्ने अन्दाजी ५० वर्षीय हरिप्रसाद सिटौलाको मृत्यु भएको हो ।

टाउको र निधारमा चोट लागेर घाइते भएका सिटौलालाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा अस्पताल पु¥याउनसाथ चिकित्सकले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । घटना सम्बन्धमा अन्य थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्