झापा,माघ २१ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यसँग सम्बन्धी १३० वटा गुनासो परेका छन् । चालु आर्थिक वर्षको ६ महिनामा १३० वटा गुनासो परेका हुन् ।
मन्त्रालयले सुनवाइ सेन्टरबाट विभिन्न मध्यमबाट सो गुनासो प्राप्त भएको जनाएको छ । हेलो हेल्थमार्फत ७२ वटा गुनासो सुनुवाइ प्राप्त गरेको छ । यस्तै, इमेलमार्फत ३५ वटा, ट्वाटरमार्फत ७ वटा र ह्वाट्सअपबाट १६ वटा गुनासो संकलन गरेको मन्त्रालयले जनाएको छ ।
यी गुनासो सम्बोधनका लागि मन्त्रालयले सम्बन्धित निकायमा पत्राचार गरेको उल्लेख गरेको छ ।