झापा, माघ २१ । झापाका दुई वडा सदस्यहरुबीचको असफल प्रेम कहानीको भाइरल साँचोलाई लुकाउन खोजिएको छ ।

सांकेतिक तस्वीर

एउटै पार्टीबाट निर्वाचित एउटै वडाका खुल्ला वडा सदस्यले धोका दिएको भन्दै दलित महिला सदस्यले सामाजिक संजालमा दुवैको फोटोसहितको स्टाटस लेखेर विष सेवन गरेको घटना लुकाउन खोजिएको हो । विष सेवन गर्ने ती दलित महिला सदस्यलाई फेसबुकबाट त्यो स्टाटस हटाउन लगाइएको छ । विष सेवन गरेकी गंभीर अबस्थाकी ती दलित महिला सदस्यलाई अस्पताल भर्ना गरिएको थियो । उपचारपछि उनलाई आज घर ल्याइएको छ । दुवै वडा सदस्य विवाहित हुन् । दुवैबीच अवैध सम्बन्ध बनेको थियो । दलित महिला सदस्यका श्रीमान् वैदेशिक रोजगारीमा छन् भने खुल्ला सदस्यका घरमा श्रीमती र छोरा छन् ।

विष सेवन गर्नुअघि ती दलित महिला सदस्यले सामाजिक संजालमा यस्तो स्टाटस लेखेकी थिइन् , ‘मलाई फकाइयो र मलाई दुई तीन वर्षसम्म मायाको नाटक गरेर तपाईंको इच्छा पूरा गर्नुभयो । ठिक छ, त्यसपछाडि मैले पनि तपाईंलाई माया गर्न थालें। तपाईंले पनि मलाई अथाह माया गर्नुभयो तर पनि तपाईंले म अर्काको बुढी तपाईं अर्काको बुढा हुनुहुन्थ्यो। त्यही भएर समस्या आयो । त्यो समस्या आउने पनि थिएन तर तपाईंले छिट्टै बेवास्ता गर्नुभयो। वार्डमा आउँदा नबोल्ने अनि हप्काउने, धप्काउने गर्नुभयो । तँ कसको उचालेकोमा लागेकी छेस् भन्दै गालीगलौज गरियो। तर विश्वास पनि म कसैको उचालेकोमा पनि लागेको थिइनँ ।जब कि तपाईं र मेरो कुराहरु सुनिसकेपछि मलाई मेरो बुढाले पनि छोडिसकेको थियो। अनि बाँकी कुरा रह्यो मलाई विदेश पठाउने । हेरचाह म आफै गर्छु भनेर भन्नुभएको थियो। त्यही भएकोले गर्दाखेरि अब तपाईंलाई समस्या आयो तपाईलाई समस्या आइसकेपछि तपाईंको बुढी अब मलाई हेर्न दिएन ।मलाई हेर्न नदिएपछि सम्झौतामै कागजहरू….. । ’

पहिला माया गरेर पछि ती खुल्ला वडा सदस्यले बेवास्ता गरेपछि आफूले आत्महत्या गर्न लागेको उनले उल्लेख गरेकी छन् । ती दलित महिला सदस्यको उपचार खर्च सम्बन्धित पालिकाले बेहोरेको बताइएको छ । बिरामी ठीक भएर आइसकेपछि आत्महत्याको प्रयास गर्नुपर्ने कारणबारे खोजी गरेर धोका दिने वडा सदस्यकहाँ जाने पीडित दलित महिला सदस्यका एक आफन्तले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्