झापा , माघ २२ । सुनसरीको हरिनगरमा कालो सुटकेसभित्र १९ केजी गाँजा फेला परेको छ ।

फाइल तस्वीर

हिजो साँझ ७.३० बजे हरिनगर– ६ कविलासा जाने बाटोको बाँसबारीमा लुकाई राखेको बेवारिसे अवस्थामा कालो सुटकेस फेला परेको थियो । उक्त सुटकेस खोली हेर्दा सुटकेसभित्र १९ केजी गाँजा फेला परेको प्रहरी चौकी घुस्कीहाटले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्