झापा, माघ २४ । सवारी ज्यान मुद्धाका एक फरार प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन् ।
![](https://pratidindaily.com/wp-content/uploads/2024/12/pakrau-20181126115448.jpg)
पक्राउ पर्नेमा इलाम सूर्योदय नगरपालिका– ११ आइतबारे घर भई हाल बिर्तामोड– ५ बस्ने ६० वर्षीय देउकुमार राई रहेका छन् । सवारी ज्यान मुद्धामा जिल्ला अदालत इलामको मिति २०५८ असोज १४ गतेको फैसलाले राईलाई १ बर्ष १० महिना १६ दिन कैद र ४५ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।
लुकिछिपी बस्दै आएका राईलाई खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको बिशेष प्रहरी टोलीले हिजो साँझ ६ः३० बजे उनको आफ्नैै घरबाट पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको प्रहरीले जनाएको छ ।