झापा, माघ २४ । प्रतिबन्धित लागूऔषधसहित मोरङ शनिश्चरेका एक दम्पत्ती पक्राउ परेका छन् ।
![](https://pratidindaily.com/wp-content/uploads/2025/02/f4c35fad-346a-4711-a326-ba27c051e1f2.jpg)
पक्राउ पर्नेहरुमा मोरङ शनिश्चरे नगरपालिका वडा नं. ६ बस्ने ३० वर्षीय इश्वर भुजेल र उनकी श्रीमती ३८ वर्षीया शान्ति आङ्देम्बे (भुजेल) रहेका छन् ।
हिजो साँझ ५.४० बजे मेचीनगर नगरपालिका वडा नं.६ मेची पुलमा भारतबाट नेपालतर्फ सिटीसफारीमा आउँदैं गरेका भुजेल दम्पत्तीलाई शंका लागेर चेकजाँच गर्दा उनीहरुको साथबाट प्लाष्टिकसहित २ ग्राम ६९० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।