![](https://pratidindaily.com/wp-content/uploads/2025/02/meeting.jpg)
झापा,माघ २४ । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आइतबार दिउँसो १ बजेर १५ मिनेटमा बस्नेगरी बैठक स्थगित गरेका हुन् ।
बिहीबारको बैठकमा दुई वटा विधेयक पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ सभासमक्ष पेस गरेका छन् ।
यसैगरी, शिक्षमन्त्री विद्या भट्टराईले राष्ट्रिय विधिविज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ पेस गरेकी छन् ।