झापा, माघ २५ । झापाबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक विद्युतीय सवारी (इभी) सिन्धुलीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा पाँच जना घाइते छन् ।
बीपी राजमार्गको सिन्धुलीमाडी–खुर्कोट खयडअन्तर्गत गोलन्जोर गाउँपालिका–५ खनियाँखर्क नजिक इभी दुर्घटना भएको हो । दुर्घटनामा चालक दोलखा गौरीशंकर गाउँपालिकाका अन्दाजी २८ वर्षका सुशन नेपालीको मृत्यु भएको हो ।
त्यस्तै झापा बाह्रदशी १ बस्ने २७ वर्षीय किस्कु मण्डल, इलाम देउमाई नगरपालिका ८ बस्ने ५३ वर्षीय सनबहादुर तामाङ, मोरङ लेटाङ २ बस्ने ३२ वर्षीया देवी लिम्बू , काठमाडौको कागेश्वरी मनहरा ५ थली बस्ने वर्ष अन्दाजी २८ की स्वेता गिरी र सोही ठाउँका वर्ष अन्दाजी २८ का संजय रोक्का घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख , प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ ।
बा १ –०३० च ९६४२ नं को इभी आज बिहान ४ बजे दुर्घटना भएको थियो । इभी सडकबाट अन्दाजी चार सय मिटर तल खसेर दुर्घटना भएको प्रहरी उपरीक्षक काफ्लेले बताए ।