झापा, माघ २७ । नाबालिकालाई जवर्जस्ती करणी गरी गर्भ बोकाउने ओखलढुंगा सिद्धिचरण नगरपालिका वडा नं.९ बस्ने ३८ वर्षीय राजकुमार भुजेल पक्राउ परेका छन् ।

गत कात्तिक १७ गते राति ओखलढुंगा साबिक ज्यामिरे गाविस वडा नं.१ हाल सिद्धिचरण नगरपालिका वडा नं.९ स्थित कुलबहादुर कार्कीको घरको तलामाथि झ्यालबाट आई भुजेलले १६ वर्षकी सांकेतिक नाम (द) लाई जवरजस्ती करणी गर्न खोजेका थिए । पीडितले कराउन लाग्दा ललाई फकाई भुजेलले जवर्जस्ती करणी गरेका थिए ।

पीडित नाबालिकाको महिनावारी रोकिएर पेटमा गर्भ रहेपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले भुजेललाई हिजो नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धान भइरहेको , हाल प्रतिवादी र पीडित दुवैको यौनजन्य परीक्षणका जिल्ला अस्पताल रुम्जाटार पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्