झापा , माघ २८ । इलाममा आगो ताप्ने क्रममा पोलेर एक वृद्धा गंभीर घाइते भएकी छन् ।

हिजो साँझ ५ बजे माङसेबुङ –१ तोभाङ बस्ने ८० वर्षीया बिष्णुमाया लिम्बू आफ्नै घरमा आगो ताप्ने क्रममा आगोले पोलेर घाइते भएकी हुन् । उनको अनुहार, देब्रे हात र देब्रे खुट्टामा आगोले पोलेको छ । बोल्न नसक्ने गम्भीर अबस्थाकी ती वृद्धाको इलाम जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्