झापा, माघ २८ । इलाम सूर्योदयका एक व्यक्ति मृत फेला परेका छन् ।

सूर्योदय –११ सुन्तले संयुक्त टोल बस्ने अन्दाजी ५० वर्षका धनराज राई आफ्नै तीनतले घरको भुइँतलामा आफू सुत्ने कोठामा मृत फेला परेका हुन् । राईलाई घोप्टो परी मृत अवस्थामा देखेर उनका छोरा २७ वर्षीय डेबर राईले प्रहरी चौकी आइतबारेमा खबर गरेका थिए ।

प्रहरी चौकी आइतबारेबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट टोली गएको इलाम प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्