बिर्तामोड, माघ २८ । उपाधिको दाबेदार मानिएको कनकाई नगरपालिका बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आयोजक बिर्तामोड नगरपालिकालाई ४–० गोलको फराकिलो अन्तरले पराजित गर्दै कनकाई नगरपालिका सेमिफाइनलमा प्रवेश गरेको हो ।

आज भएको पहिलो क्वाटरफाइनल खेलमा कनकाई नगरपालिकाकी स्वस्तिका बिकले खेलको ५ मिनेटमै गोल गरेर अग्रता दिलाएकी थिइन् । यस्तै, समीक्षा मगरले २०औँ मिनेटमा गोल गरेर कनकाईको अग्रता दोब्बर बनाइन् ।
समीक्षाले गोल गरेको एक मिनेट नबित्दै पूर्णिमा राईले गोल गरेर ३–० गोलको अन्तर निकालिन् । खेलको ४३औँ मिनेटमा थप गोल गर्दै पूर्णिमाले व्यक्तिगत दुई गोल गरिन् । उनी प्लेयर अफ दी म्याच बनिन् ।

भोलि अर्जुनधारा नगरपालिकाले झापा गाउँपालिकासँग दोस्रो क्वाटरफाइनल खेल खेल्नेछ । फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्ने छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्